अछाम : अछाममा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ।शनिबार जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं. १ लोक बहादुर शाहीका १५ वर्षीय छोरा कमल शाहीको घर नजिकैको बारीमा घाँस काट्ने क्रममा सर्पले टोकेर मृत्यु भएको हो।
पारिवारिक स्रोतका अनुसार, शनिबार दिउँसो कमल घर नजिकैको बारीमा घाँस काट्न गएका थिए। सोही क्रममा उनलाई विषालु सर्पले टोकेको स्थानीय कमल बुढाले बताए ।
सर्पले टोकेलगत्तै उनलाई उपचारका लागि लैजाने तयारी गर्दागर्दै उनको मृत्यु भएको स्थानीयले बताएका छन्। मृतक कमल शाही स्थानीय श्री बिन्द्रासैनी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए।










