Advertisement
SKIP THIS
लागु पदार्थ से’वन गरि शिक्षकलाई लखेट्छन बिद्यार्थी

तारामान खड्का अछामः ला’गु प’दार्थको प्रयोगले अछाममा बिकराल रुप लिदै गएको छ ।बिषेश गरी बिद्यायल स्तर त्यो पनि माध्यमीक तह कक्षा ८,९,१०,११र १२ मा पढ्ने बिद्यार्थीहरु बढी लतमा फसेका छन । उनिहरु बिद्यालयमै लागु पदार्थ सेवन गरि जाने झै झगडा गर्ने गरेका शिक्षकहरु बताउछन ।

अछामको साँफेबगर नगरपालीका ८ चण्डीकामा रहेको महेन्द्र माध्यमीक बिद्यालयमा त शिक्षकहरु बिद्यार्थीहरु देखि डराउने गरेको चण्डीकाका वडा अध्यक्ष कालु सिहं कुँवरले बताए । यहाका स्थानिय शिक्षक त खास डर मान्दैनन्, तर लोक सेवा पास गरेर बाहिरबाट आएका शिक्षकहरु डराउने गरेको बिद्यार्थीहरुलाई केहि भन्न सक्ने अवस्था रहेको अध्यक्ष कुँवरले बताए ।

बिद्यार्थीहरु नजीकै रहेको सल्लाघारीमा जाने गाजा खाजा खाने अनी कोही सँग जानकारी गराउदा अधिकांसका अभिभावकमा बुवाहरु भारत तथा बिदेश तिर हुने गरेका र आमाहरुले भनेकै नमान्ने अवस्था रहेको नाम उल्लेख नगर्ने शर्तमा एक शिक्षकले बताए । कुनै बिद्यार्थीका अभिभावकहरुलाई भन्दा आफ्नो केटाकेटी त्यस्तो नभएको बताउने गरेका कारण बिद्यायलमा झन समस्या उत्पन्न भएको ती शिक्षकले बताए ।

लागु प’दार्थ सेव’न गरेका ति बिद्यार्थी आफुत अध्यायन गर्ने कुरै भएन,अरु राम्रो बिद्यार्थीहरुलाई समेत बाधा पुर्याउने गरेका शिक्षकहरुले बताए । प्राय दैनिक जसो नै लागु प’दार्थ से’वन गरि बिद्यालयमा समुह बनाई झै झगडा गर्ने गरेका कयौं पटक अब देखि नगर्ने शर्तमा छोड्नु कागज गर्ने गरेका छन ।

अब बिद्यालयमा पढाउने की लौरो समातेर कु’ट्ने एक अर्का शिक्षकले भने,बिद्यालय क्षेत्र बाहिर त झगडा गरिरहन्थे अब त कक्षा कोठामै झगडा गर्छन, नयाँ आउनु भएका सर हरुलाई त पटक्कै र्टेदैनन् ,बरु शिक्षक सँगै झ’गडा गर्न थाल्छन ।

कापी कलम बोक्नुपर्ने बिद्यार्थी चुरोट गा’जा ,लाईटर र अन्य ला’गु पदार्थ बोकेर बिद्यालय आउने गरेका र केही शिक्षकहरु त आफ्नो तलव पाकेकै छ भनेर बस्नु परेको एक अर्का शिक्षकले बताए । यो बिद्यालय त एक नमुना मात्रै हो अछामका अधिकांस माध्यमीक बिद्यालयमा यस्तै अवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया