Advertisement
SKIP THIS
साँफेबगर नगरपलिकाको लक्ष्यको ३० प्रतिशत मात्रै राजश्व उठाउन सक्यो

निराकरण खबर अछाम:अछामको साँफेबगर नगरपालीकाले लक्ष्यको ३० प्रतिशत मात्रै राजश्व उठाउन सकेको छ ।
गत आर्थिक बर्ष २०७९÷८० मा २ करोड ५० लाख राजश्व संकलन गर्ने लक्ष्य राखिएपनि ७६ लाख १३ हजार ५४ मात्र संकलन भएको राजश्व शाखा प्रमुख लक्ष्मी उपाध्यायले बताईन ।

नगरपालीकाले सम्पती कर,भुमि÷मालपोत कर,घरवहाल कर,ब्यवसाय रजिष्ट्रेशन दस्तुर,सरकारी सम्पति वहालबाट प्राप्त आय,नक्सापास दस्तुर, सिफारिस दस्तुर,ब्याक्तीगत घटना दर्ता दस्तुर,नाता प्रमाणीत दस्तुर,व्यावसाय रजिष्ट्रेशज दस्तुर र अन्य दस्तुर बाफत ७६ लाख हजार १३ हजार ५४ रुपैया राजश्व उठाएको र यीनै शिर्षकबाट गत आर्थिक बर्ष २०७९÷८० मा २ करोड ५० लाख राजश्व संकलन गर्ने राखेको थियो ।

सम्पती करमा १० लाख उठाउने लक्ष्य राखेकोमा ९ लाख ९७ हजार ,भुमि÷मालपोत करमा २ लाख लक्ष्य राखेकोमा १ लाख ८१ हजार ५ सय १६ घरवहाल करमा ८ लाख लक्ष्य राअिएकोमा १३ लाख,ब्यवसाय रजिष्ट्रेशन दस्तुरमा १ लाख लक्ष्य राखेकोमा ४ लाख १३ हजार,सरकारी सम्पति वहालबाट प्राप्त आयमा १ करोड ६० लाख लक्ष्य राखेकोमा ७ लाख १२ हजार राजस्व संकलन गरेको छ ।

यस्तै नक्सापास दस्तुरमा ४ लाख लक्ष्य राखेकोमा १लाख ७९ हजार, सिफारिस दस्तुरमा ७ लाख उठाउने लक्ष्य राखेकोमा ८ लाख ५६ हजार ब्याक्तीगत घटना दर्ता दस्तुरमा ७ लाख उठाउने लक्ष्य राखेकोमा ४ लाख ६५ हजार,नाता प्रमाणीत दस्तुरमा५० हजार उठाउने लक्ष्य राखेकोमा ३० हजार,व्यावसाय रजिष्ट्रेशज दस्तुरमा ६ हजार र अन्य शिर्षकमा ८ लाख उठाउने लक्ष्य राखेकोमा २४ लाख ६८ हजार राजस्व संकलन भएको हो ।

तपाईको प्रतिक्रिया