अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिकामा शीतगृह( कोल्ड स्टोर) निर्माणसम्बन्धी ठेक्का रद्दविरुद्ध दायर गरिएको रिट उच्च अदालत दिपायलले खारेज गरिदिएको छ। ठेक्का रद्द गर्ने गाउँपालिकाको निर्णयविरुद्ध ठेकेदारले दायर गरेको रिट उच्च अदालतले मंगलबार खारेजीको फैसला सुनाएको हो।
रिटमाथि सुनुवाइ गर्दै अदालतले गाउँपालिकाको निर्णय उचित ठहर गर्दै मुद्दा खारेज गरिदिएको छ।उच्च अदालतको फैसलासँगै गाउँपालिकालाई पुनः ठेक्का प्रक्रियामा अघि बढ्न बाटो खुलेको छ।
गाउँपालिकाको मूल्यांकन समितिले ठेक्का प्रक्रिया कानुनसम्मत नभएको ठहर गर्दै आर्थिक प्रस्ताव खुलाएपछि ठेक्का बदर गरेको थियो। समितिको निर्णयविरुद्ध व्यवसायीले अदालतमा रिट दायर गरेका थिए।