अछामः अछामको रामारोशन गाउँपालीका ४ रामारोशनका भरत बिष्ट सुदूरपश्चीम स्तरिय उत्कृष्ट उद्यमीको रुपमा सम्मान भएका छन । शुक्रबार सुदूरपश्चीम प्रदेश सामाजिक बिकास मन्त्री मेघराज खड्काले बिष्टलाई नगद ५० हजार राशिको उत्कृष्ठ उद्यमी पुरस्कारबाट समान्न गरे ।
अछामको जिल्लाको बिकट क्षेत्र रामारोशनबाट गाउँमै सम्भावना छ भनेर कृर्षी पेशामा लागेका भरतले बिगतमा खाडीका बिभीन्न मुलकमा रोजगारीका लागि पुगीसकेका छन ।
भरतले बैदेशिक रोजगारीबाट फर्की श्रम तथा स्वरोजगारका माध्यमबाट उद्यमशिलताको प्रबद्र्धन गर्न भुमिका खेलेको भन्दै उनको उच्च मुल्याङ्कन गर्दै प्रदेश स्तरिय उत्कृष्ठ उद्यमीको रुपमा पुरस्कृत गरिएको सामाजिक बिकास मन्त्री मेघराज खड्काले बताए । गत बर्ष समेत भरतले २० हजार राशीको भिमदत्त उत्कृष्ठ कृषक पुरस्कारबाट सम्मानित भएका थिए ।