निराकरण खबर अछाम:हिमालयन बैंक शाखा कार्यालय जयगढ द्वारा बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा फोहरमैला ब्यावस्थापनका लागि डस्बिन राखिएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बान्नीगढी जयगढ गाउँपालिका र जयगढ बजारको समन्वयमा जयगढ बजार क्षेत्रमा विभिन्न ठाउँमा ३० वटा डस्बिन राखिएको बैंकले जनाएको छ।
बजार क्षेत्र फोहोर नहोस् र फोहरमैला ब्यावस्थापन भई जयगढ बजारमा स्वच्छ सफा होस भन्ने उदेश्य र बैंकको संस्थागत सामाजिक उत्तरदायित्व मार्फत डस्बिन राखिएको बैंकले जनाएको छ।
बान्नीगढी जयगढ गाँउपालिकामा बैंकिङ् सेवा प्रदान गर्दै आइरहेको बैकले बजार र बान्नीगढी गाउँपालिकालाई फोहोर व्यवस्थापन गर्न सजिलो होस भन्ने हेतुले डस्टबिन हस्तान्तरण गरेकोमा गाउँपालिका अध्यक्ष टेक बहादुर साउदले धन्यवाद दिए।
अध्यक्ष साउदले वातावरण संरक्षण र पर्यावरणमा केही हद सम्म भएपनि योगदान पुर्याउने बताए ।यस्तै उनले सार्वजनिक स्थलमा राखिएका डस्टबिनको संरक्षण गरि उपयोग गर्नहुन सम्पूर्ण बजार बासीहरुमा आग्रह गरेका छन।










