अछाम:अछाम जिल्लालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। शुक्रबार जिल्ला खोप समन्वय समिति अछामको आयोजनामा अछाम जिल्लालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
अछाम जिल्लाका ९१ वटै वडा र १० स्थानीय तहलाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई समेत घोषणा गरिएको हो। जिल्ला खोप समन्वय समिति अछाम संयोजक तथा जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुवरको अध्यक्ष्ातामा भएको कार्यक्रममा अछाम जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख उपप्रमुख हरुको सहभागी रहेको थियोे ।
कार्यक्रममा सबै स्थानीय तहमा खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न महत्त्वपूर्ण भुमिका खेल्ने स्वास्थ्यकर्मीहरुलाई नगद सहित सम्मान गरिएको थियोे ।कार्यक्रम बोल्ने बक्ताहरुले खोप अपरिहार्य भएको खोप सबैले लगाउनु पर्न र आगामि दिनमा समेत खोप लगाउनका लागि कसैले पनि नछुटाउने बताए ।
२०६९ पौष १४ गते नेपालकै पहिलो वडाका रुपमा हालको साँफेबगर नगरपालिका ६ भाग्यश्वरलाई पुर्ण खोप वडा घोषणा गरिएको थियो ।२०८१ भाद्र २८ गते अछाम जिल्लालाई नेपालकै तेस्रो पुर्ण खोप घोषणा गरिएपछि हरेक बर्ष पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिदै आएको छ।










