Advertisement
SKIP THIS
पत्रकार साउदले लेखाँ अधिकृतलाई ज्यान मार्ने उदेश्य सहित आक्रमण गरेपछी बान्नीगढीका कर्मचारीले गरे सेवा अबरुद्ध

अछामःरेडियो बान्नीगढीका कार्यकारी निर्देशक तथा पत्रकार महासंघ सुदूरपश्चीमका सचिव धनराजले अछामको बान्नीगढी जयगढ गाउँपालीका लेखा अधिकृतलाई गालीगलौज ज्यान मार्ने उदेश्य सहति हातपात गरेको भन्दै गाउँपालिकाका कर्मचारीले सम्पूर्ण सेवा अबरुद्ध पारेका छन ।

असार २० गते बेलुका करिब ६ बजेको समयमा बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष, कार्यालय प्रमुख र लेखा अधिकृत गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको स्थलगत अनुगमनका लागि निर्माण स्थलमा गएको बेला पत्रकार साउदले मादक पदार्थ सेवन गरि आफ्नो प्रक्रिया नपुगेको भुक्तानीको विषयलाई लिएर निहित स्वार्थपूर्तिका लागि लेखा अधिकृत श्री नारद प्रसाद खनाल माथि ज्यान मार्ने उदेश्य सहित हातपात गरि अश्लिल शब्द समेत प्रयोग गरि गाली गलौज गरेको भन्दै घटना उनिहरुले सम्पूर्ण सेवा अबरुद्ध पारेका हुन।

राष्ट्रसेवक कर्मचारीले कानून र प्रक्रिया अनुसार सेवा प्रवाह गरिरहेको समयमा पत्रकार जस्तो उत्तरदायी पेसासंग आवद्ध व्यक्तिबाट यस्तो आक्रमण हुनु लोकतान्त्रिक मर्यादा, पत्रकारका आचारसंहिता, मानव अधिकार विपरितको कार्य हो। राज्यको जिम्मेवार राष्ट्र सेवक कर्मचारीलाई विना कारण निहित स्वार्थपूर्तिका लागि सार्वजनिक स्थलमै कार्यालयको कामकाज गरिरहेको अवस्थामा गरेको गैरजिम्मेवार र गैर कानूनी कार्यले कर्मचारी सुरक्षित नभएको कर्मचारीले जारी गरेको सामुहिक विज्ञप्तिमा भनिएको छ ।

पत्रकार साउद माथी प्रचलित कानून बमोजिम कारबाहीको माग गर्दै कानुनी कारवाहीको प्रक्रिया अगाडी नबढाउदा सम्म यस गाउँपालिकाको कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य चौकीहरुमा अत्यावश्यकका सेवा बाहेक अन्य सेवाहरु बन्द रहने जारी विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया