Advertisement
SKIP THIS
कांग्रेसले टुंगो लगायो राष्ट्रिय सभा लागि दश उम्मेदवार

काठमाडौं:नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उमेदवार टुंगो लगाएको छ । कांग्रेसले संस्थापन पक्षका सात र संस्थापन इतरका तीनसहित दश उमेदवार टुंगो लगाएको हो ।

कोसी प्रदेशमा कृष्णप्रसाद सिटौला, मधेसमा आनन्द प्रसाद ढुंगाना, वाग्मतीमा विष्णुदेवी पुडासैनी र जितजंग बस्नेतले टिकट पाएका छन् ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अुनसार गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियारले टिकट पाएका छन् ।

लुम्बिनीमा कांग्रेसले विष्णुदेवी सापकोटालाई टिकट दिएको छ । कर्णालीमा कृष्णबहादुर रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन् ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज उमेदवारी मनोनयन हुँदै छ ।

तपाईको प्रतिक्रिया