Advertisement
SKIP THIS
जन्मदिनको अवसरमा स्ववियु सभापति गरे शैक्षिक तथा खेलकुद सामाग्री सहयोग

अछाम : साँफेबगर नगरपालिका वडा नम्बर ३ शिद्देश्वर निवासी नेपाल विद्यार्थी संघका नेता कमल कुवरले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थी हरुलाइ शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेकाछन ।

त्रिपुरा सुन्दरी क्याम्पसका स्व वि यु सभापति समेत रहेका कुवँरले आफ्नो जन्मोत्सवको उपलक्ष्यमा सरस्वती आधारभूत बिधालयका ६६ जना बिद्यार्थी हरुलाइ शैक्षिक तथा खेलकुद सामाग्री बितरण गरेका हुन् ।

जन्मदिनको नाममा विभिन्न फजुल खर्च गर्नु भन्दा आफ्नो क्षमता अनुसार समाजसेवा गर्न निकै उचित हुने भएकाले आफूले व्यक्तिगत रूपमा उक्त सामाग्री वितरण गरेको कुवरले बताए।

आफु पनि सामुदायिक विद्यालयमा अध्ययन गरेको बताउँदै उनले आफूले वितरण गरेको शैक्षिक सामाग्रीले निम्न वर्गीय विद्यार्थीहरुलाई थोरै भएपनि मलम पट्टी लाग्ने भएकाले उक्त सहयोग गरेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया