Advertisement
SKIP THIS
हत्या आरोपमा फरार एमाले सांसद कोइरीले सफाई पाए

काठमाडौं:नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले थमन बिक हत्या प्रकरणमा सफाई पाएका छन् । बिकको हत्या अभियुक्त महतोलाई जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले सफाई दिएको हो । महतोसँगै अर्का अभियुक्त मोहन कापरले पनि सफाई पाएका छन् ।

२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा घाइते भएका सशस्त्र प्रहरीका असई विकको उपचारका लागि जलेश्वरबाट जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । उनको हत्या आरेपमा २८ जनामाथि ज्यान मुद्दाको अभियोग लागेको थियो।

त्यसमा प्रतिनिधिसभाका सांसद लक्ष्मी महतो कोइरीमाथि हत्या अभियोग थियो । पछिल्लो समय उनी फरार छन् । हत्याका अभियुक्त संसदमा उपस्थित भएको तर पक्राउ गर्न नसकेको भन्दै तत्कालिन गृहमन्त्री रवि लामिछानेको चर्को आलोचना भएको थियो । अहिले तिनै कोइरीले सफाई पाएका छन् ।

त्यस्तै जिल्ला अदालत महोत्तरीका अनुसार जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र, संजयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, धर्मेन्द्र राय, र सुरेश पाण्डेलाई इजलासले जन्मकैदको फैसला सुनाएको छ ।

तपाईको प्रतिक्रिया