Advertisement
SKIP THIS
मुगु हत्याकाण्ड:यस कारण भएको थियोे ?प्रकाउ परे हत्यारा

मुगु:मुगुको छायानाथ रारा नगरपालिका ६ मुन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तले नै गरेको खुलेको छ । कात्तिक ८ गते राति मुन्दुका २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षका छोरा मनोज बोहोरा, ७ वर्षकी छोरी अप्सरा बोहोरा र ८ महिनाका छोरा रहर बोहोराको घरभित्रै हत्या भएको थियो ।

दसैँमा माइत गएकी श्रीदेवी फर्किएकै दिन कात्तिक ८ गते राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको थियो।

घटना भएको १२ दिनपछि हत्या आरोपमा मृतका छिमेकी गोपाल बोहरा र पिना गाँउपालिका घर भई बाँके बस्ने काले भन्ने गोरखराज शाही ठकुरी पक्राउ परेका हुन् ।

दशैँ मनाउने बहानामा गाँउ पुगेको गोरखराज, हत्या गर्ने मनसायलेनै गाँउमा लुकेर बसेको पाइएको प्रहरीले जनाएको छ । हत्या गरेपछि भने भागेका उनलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो । उनकै बयानका आधारमा प्रहरीले गोपललाई पक्राउ गरेको हो ।

नातामा गोरखराज श्रीदेवीका काका पर्छन् भने गोपाल देवर पर्छन् । उनिहरुले योजना बनाएरै परिवार सखाप पारेको प्रहरीको दाबी छ । उनिहरुले ६ महिना अघिनै बोहराको परिवारमा लुटपाट गर्ने योजना बनाएका थिए । बाँकेको कोहलपुर बस्दै आएका गोरखराज गत जेठमा गाँउ पुगेर गोपाल बोहोरको घरमा बसेका थिए ।

त्यही भेटमा उनीहरूले श्रीदेवीसँग सुन र नगद भएकाले त्यो लुटपाट गर्ने योजना बनाए । सोही योजनाअनुसार कात्तिक ५ गते गोरखराज सुर्खेतबाट मुगु पिना गई गोपालबहादुरको घरमा बसे । ६ गते पुगेका उनी लुकिछिपी सोही गाउँमा बसेका थिए ।

कात्तिक ८ गते श्रीदेवी बोहोरा दुई छोरा र एक छोरीसहित माइतीघरबाट फर्किन् । त्यही बेलुकी गोरखराज र गोपाल श्रीदेवीको घर पुगेर हत्या गरे । त्यसपछि मृतकले कानमा लगाएका साढे दुई तोलाका सुनका रिङ, २५ ग्रामको तिलहरी, मृतकका श्रीमान् दीपक र श्रीदेवीको नाममा रहेका एनआईसी बैंकका २ थान चेक, श्रीदेवीको नामको जग्गाको लालपुर्जा, श्रीदेवीको मोबाइल सहित केहि नगर लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार घटनापछि उनीहरू शव घरभित्रै छाडेर बाहिरबाट ढोका लगाइदिएर हिँडेका थिए । गोपला बोहोरा त्यसपछि पनि गाउँमै बसेको र गोरखराज भने सुर्खेततर्फ लागेका थिए । लुटिएको सुन गोरखाराजले नेपालगंजमा बेचे ।

तपाईको प्रतिक्रिया