अछाम:अछाममा जडिबुटी खादाँ एक जनाको मृत्यु भएको छ । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ का ४२ बर्षिय गणेश खत्रीको मृत्यु भएको छ । यस्तै जडिबुटी खादा साफेबगर नगरपालिका वडा नम्बर ७ का २९ बर्षिय किशोर भाट गम्भीर बिरामी भएका मृतकका भाई बिनोद खत्रीले जानकारी दिए ।
आईतवार दिउँसो १ बजेतिर कुनै बिरामी नभएका दुवै जनाले हातखुट्टाको दुखाई ठिक हुन्छ भनेर जडिबुटी खादा गम्भीर बिरामी परेपछी उपचारका लागि बयालपाटा अस्पताल पुर्याउदै गर्दा खत्रीको मृत्यु भएको हो भने भाटको उपचार भईरहेको छ ।










