Advertisement
SKIP THIS
अछाममा नेपालगञ्ज घर बताउने बालिका अलपत्र भेटिइन

निराकरण खबर अछाम :अछाममा अलपत्र अवस्थामा भेटिएकी छन् । आईतवार बेलुका जिल्लाको साँफेबगर नगरपालिका ४ मा सुनिता जोशि नाम गरेकी बर्ष १२ बाबुको नाम डिल्ली जोशि र आमाको नाम गोमा जोशि बताउने उनी अलपत्र अवस्थामा फेला परेकी हुन । बाग्यश्वरी माध्यमिक बिधालयमा कक्षा ५ मा पढ्ने गरेको बताउँ छिन।

नेपालगञ्जबाट गाडिका कर्मचारीले जाउ भनेर ल्याएको पछि बाटोमै छोडिदिएको उनी बताउँछिन् ।बसका कर्मचारीबाटै छाडेपछि नेपाली कांग्रेस अछाम क्षेत्र नं १ का सभापति कृष्ण बुढाको सम्पर्कमा आएकी उनलाई प्रहरीको जिम्मा लगाईएको थियो ।

अलपत्र अवस्थामा भेटिए उनलाई इलाका प्रहरी कार्यालय साफेबगरले सुरक्षित आवास गृह साफेबगरमा पठाएको छ। अहिले उनि सुरक्षित आवास गृह साफेबगरमा रहेकी छन ।

तपाईको प्रतिक्रिया