Advertisement
SKIP THIS
र्‍यापर जी-बबका बुवाआमाले दिए उनी बिरुद्ध उजुरी

काठमाडौ: र्‍यापर जी-बब (सुदीप भण्डारी) र उनका आमाबुवाबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

आमाबुवाले आफूलाई रिह्याब सेन्टरमा राखेर बन्धक बनाएको भन्दै उजुरी दिएपछि उनका आमाबुवाले पनि त्यसविरुद्ध प्रशासनमा जाहेरी दिएका छन् ।

दुवैले एकअर्काविरुद्ध उजुरी दिएपछि प्रशासनले महानगरी प्रहरी परिसर काठमाडौंलाई छानबिन गर्न निर्देशन दिएको छ । यस विषयमा प्रहरीले छानबिन थालेको र दुवै पक्षलाई छलफलका लागि बोलाएको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया