Advertisement
SKIP THIS
प्रेमिले जन्मदिन मनाउन बोलाएर सामूहिक बलात्कार

बाँके:बाँकेमा १६ वर्षीया किशोरी फेसबुकबाट बनेका प्रेमीले जन्मदिन मनाउन बोलाएर सामूहिक बलात्कारमा परेकी छन्। किशोरीमाथि बलात्कारको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। राप्ती गाउँपालिकाकी ती किशोरीको जन्मदिन मनाउन बाँके र बर्दियाको सिमानामा पर्ने मानखोलामा बोलाएर दिउँसो घुमफिर गरी साँझ सामूहिक बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

बाँके प्रहरीले बलात्कार अभियोगमा हेमराज थारु र उनका साथीहरू विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुसहित सहयोगीका रुपमा विश्वनाथ थारु र निर्देशन थारुलाई पक्राउ गरेको छ। उनीहरूमध्ये एकजना १६ वर्ष र अन्य २३ देखि २५ वर्ष उमेर समूहका छन्। बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार बैजनाथ गाउँपालिका ८ का १७ वर्षीय हेमराज थारु र ती किशोरी एक वर्षअघि फेसबुकमा साथी बनेका थिए।

दुईजना फेसबुकबाटै प्रेममा परेका थिए। हेमराजले नै बोलाएपछि सार्वजनिक बस चढेर ती किशोरी मानखोला पुगेकी थिइन्। उनीहरूले साँझ मानखोलाको फूलबारीमा पुगी जन्मदिन मनाउने भन्दै मदिरा खाने र किशोरीलाई समेत खुवाउने गरेका थिए। किशोरी मदिराले लठ्ठिएपछि हेमराज, विक्रान्त, निराजन, प्रविण र राजकुमार थारुले बलात्कार गरेको प्रहरीले जनाएको छ। सामूहिक बलात्कारपछि बेहोस भएकी किशोरीलाई मध्यरातमै मोटरसाइकलमा राखेर बाँकेको बैजनाथ ८ पिपरीस्थित विक्रान्त थारुको बंगुर फर्ममा लगिएको थियो। त्यहाँ पनि विक्रान्त र निराजनले बलात्कार गरेका थिए।

बलात्कारपछि बेहोस अवस्थामै भे ३ प ३५२७ नम्बरको मोटरसाइकलको बीचमा राखेर लैजाँदै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। विश्वनाथ र निर्देशन थारुले मोटरसाइकलको बीचमा अर्धचेत अवस्थामा किशोरीलाई लैजादै गरेको भेटेपछि प्रहरीले सोधपुछ गरेपछि घटना सार्वजनिक भएको हो।

तपाईको प्रतिक्रिया