निराकरण खबर अछाम :अछाममा एक जना मृत भेटिएका छन् । जिल्लाको पंचदेवल विनायक नगरपालिका ४ तल्लको कुच्चीमा १७ वर्षीय विनोद शाही मृत फेला परेका छन् ।
जेठ १७ गते बेपत्ता भएका शाही शनिबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको बेला कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियो ।मृतक शाही एमाले निटक हुन।
कांग्रेसका कार्यकर्ता हत्या गरि फालेको भन्दै एमाले कार्यकर्ताहरुले पञ्चदेवल बिनायकमा नाराबाजी सहित प्रदर्शन गरिरहेका छन। अहिले उप्त ठाउँमा स्थिति तनाव ग्रस्त भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ राउन्ड हवार फायर ४ सेल असुर ग्यास प्रहार गरिएको छ।
केही दिनअघि पनि कालिकास्थनमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।