Advertisement
SKIP THIS
सुरु हुँदै मनसुन

काठमाडौं:हाल नेपालमा स्थानीय वायु र भारतको  उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। 

प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र मधेस प्रदेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षा भइरहेको छ।देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि  मौसम सामान्यतया सफा  रहेको छ।

शनिबार प्रदेश १, मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन / चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यता आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै सोमवार देशका पहाडी भूभागमा आंशिकदेखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया