Advertisement
SKIP THIS
कहिले सुरु होला ? नेपालमा मनसुन

काठमाडौं:नेपालमा सामान्यतया मनसुन जुन १३ मा सुरु हुन्छ । तर, हरेक वर्ष ठिक यही दिन नै मनसुन सुरु हुन्छ भन्ने होइन । यो मितिभन्दा केही दिन तलमाथि हुने गरेको मौसमविद्हरू बताउँछन् । 

यो वर्ष कहिले सुरु हुन्छ त मनसुन ?
जल तथा मौसम विज्ञान विभागले मौसमी प्रणाली अध्ययन भइरहेको जनाएको छ । “हामी अहिले मौसमी प्रणालीको अध्ययन गरिहरेका छौं । केही दिनमा यसबारे जानकारी गराउने छौं,” मौसमविद्  विलु महर्जन भन्छिन् । 

सामान्यतः भारतको केरलामा मनसुन सुरु भएको सातदेखि १० दिनभित्र नेपालमा पनि आइपुग्छ । केरलामा मनसुन सुरु भइसकेको छ । “केरलामा मनसुन सुरु भएको तीनदिन भएको छ । अब नेपालमा कति समयमा आउँछ, हामी अध्ययन गरिरहेका छौं ।”
 
नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपासमा रहेको न्यूनचापीय रेखा तथा पश्चिमी वायुको प्रभाव रहेको छ । 

स्थानीय वायुको प्रभाव रहेको मौसमी प्रणालीमा कुनै पनि समय मौसममा बदली भएर हावाहुरी तथा चट्याङसहित क्षणिक वर्षा हुन्छ । यो मौसमी प्रणालीमा लामो समय पानी पर्दैन। 

मनसुन सुरु भएपछि भने लामो समय देशका धेरै स्थानमा झरी पर्छ । झरी पर्दा खोला तथा नदीमा पानीको बहाव बढ्ने तथा बाढी आउने हुन्छ । प्रायः हरेक वर्ष मनसुनमा आउने बाढी तथा तराई क्षेत्रमा हुने ढुबानले ठूलो परिमाणमा धनजनको क्षति हुने गरेको छ । 

तपाईको प्रतिक्रिया