Advertisement
SKIP THIS
एमबिबिएस डाक्टर हु ,भन्दै ठगी गर्ने युवक अछाम प्रहरीको नियन्त्रणमा

तारामान खड्का अछाम: एमबिबिएस डाक्टर हु भन्दै ठगी गर्ने एक जना अछाम प्रहरीको नियन्त्रणमा पुगेका छन। सोमबार मंगलसेन नगरपालिका वडा नं. २ मिस्तुर बस्ने २९ बर्षिय चक्र बहादुर बिश्वकर्मा प्रहरी नियन्त्रणमा पुगेका छन।

उनले बिगत केही समय देखि अछाम जिल्लाका बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा कर्मचारीहरु र प्रहरीलाई समेत आफू त्रिभुवन बिश्वबिधालय शिक्षण अस्पताल र बिर अस्पताल काठमाण्डौ एमबिबिएस न्युरो सर्जन भन्दै नक्कली परिचय देखाई अनुचित फाईदा लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको बताएको छ।सोमबार जिल्ला अस्पताल अछामका डाक्टरहरुलाई समेत त्रिभुवन बिश्वबिधालय शिक्षण अस्पताल र बिर अस्पताल काठमाण्डौ एमबिबिएस न्युरो सर्जन भनेर ढाटेपछि उनी प्रहरी नियन्त्रणमा पुगेका हुन।

उनको साथबाट MBBS/MS Consultant Neurosurgeon
डा. दिपक बि.सी.को नक्कली परिचय पत्र डा. दिपक बि.सी.को नामबाट काटिएका बिभिन्न सहयोग रसिदहरु, रा.बा. बैंकका भौचरहरु, श्री एयरलाईन्सको बोडिङ पास र चक्र बहादुर बि.क. नामको मतदाता परिचय पत्र समेत फेला परेको जिल्ला प्रहरी कार्यक्रम अछामका प्रहरी प्रमुख रबिराज थपलियाले बताए ।

उनले बिभिन्न प्रतिष्ठित ब्यक्तिहरुसंग अनुचित लाभ लिनको लागि आफु डाक्टर दिपक बि.सी. भनि आफ्नो नाम, दर्जा, योग्यता र पदवी ढाँटेको हुँ भनि स्विकार गरेकोले उनिमाथि थप अनुसन्धान भईरहेको प्रहरी प्रमुख थपलियाले बताए ।

तपाईको प्रतिक्रिया