Advertisement
SKIP THIS
नयाँ मतदातालाई आज र भोलि मतदाता परिचयपत्र बाँडिदै

काठमाडौं :स्थानीय तह निर्वाचन ०७९ मा सहभागिताका लागि नयाँ मतदातालाई आज र भोलि मतदाता परिचयपत्र बाँडिने भएको छ ।वैशाख ३० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुने मतदानमा उमेर पुगेका बालिगलाई मतदानको अधिकार सुनिश्चित गर्न आज र भोलि  मतदाता परिचयपत्र बाँडिने भएको हो ।  

यही वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदानमा भाग लिन पाउनेछन् । 

मतदान गर्न मतदाताले अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था छ ।अघिल्लो निर्वाचनमा वितरण भएको मतदाता परिचयपत्रबाटै मतदान गर्न पाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

“पहिले बाँडिसकेको मतदाता परिचपत्र हुनेले सोही परिचयपत्रबाट मतदान गर्ने हो,” उनले भने ।

तपाईको प्रतिक्रिया