Advertisement
SKIP THIS
नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह नियुक्त

काठमाडौँ: सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले इकागजलाई जानकारी दिए ।

सिंह वरीयता क्रममा तेस्रो नम्बरमा थिए । उनीभन्दा अघि एआइजी विश्वराज पोखरेल र सहकुल थापा थिए । थापा र सिंहले पोखरेलकै मातहतमा रहेर काम गरेका थिए । महानिरीक्षकमा सिंहलाई नियुक्तिसँगै पोखरेल र थापा संकटमा परेका छन् ।

तपाईको प्रतिक्रिया