निराकरण खबर अछाम:अछाम क्षेत्र नं १ बाट प्रतिनीधी सभा सदस्य पुर्ब उप प्रधानमन्त्री भीम रावलको गृह जिल्ला मात्रै होइन उनकै नगरको वडा समेत रहेको साफेबगर नगरपालीका ६ भाग्यश्वर बस्तोलाका दलित समुदायले हालसम्म सफा खानेपानी पिउन पाएका छैनन ।
जहिले पनी भोेट बैकंको रुपमा मात्रै रहेका आफुहरुलाई लिईएको बताए । कुनै पनि निवार्चनमा उनिहरुलाई स्व इच्छाले मतदान गर्न नदिने मत हाल्न आउदैन भनेर केहि भाग्यश्वरका नेतृत्व लिएकन हरुले आफै मत हाल्ने गरेका नाम न खुलाउने सर्तमा एक जनाले बताए ।
जनप्रतिनीधी जिताएर तिनै तहमा पठायौ, जहिले नि पठाई रहन्छौ उनिहरुले भने , आज भन्दै २० बर्ष पहिले गाउँमा १ सय ४० जना जति बस्थ्यौ, अहिले सबै मिलायर ४० जना जति मात्रै छौ, सबै भारतमा छन ,भारतमा ज्याला मजदुरी, चौकीदारी गर्ने गरेका छन । गाउँभरिमा २ जना सरकारी जागिरे छन , त्यो पनि सुरक्षा निकाएमा,सडकका कारण गाउँनै पहिरोको जोखिमा पर्दा समेत कसैले वास्ता नगरेको बरु यहाका केहि ब्याक्तीका जग्गामा लाग्ने पहिरो रोक्न ग्याबिन हाल्न खोजेको पछि बिरोध गर्दा ग्याबिन हाम्रो गाउमा हालीएको एक युवाले बताए ।
गाउँमा कयौ समस्या छन, न खानेपानीको समस्या समाधान भयो न अरु कुनै नै ५ बर्ष बित्यो हाम्रो दलित बस्तीको अवस्था उस्तै छ । खानेपानी लिनको लागि मात्रै आधा घण्टा हिड्नुपर्ने अवस्था रहेको छ । आर्थिक अवस्था कमजोर , सबैकुरा किनेर खानुपर्छ , काम केहि पाईदैन, कहिले लेबरको काम पाए नुन तेलको जोहो गछौं ।