निराकरण सम्वाददाता अछाम: अछाममा हसिया प्रहारबाट एक गर्भवती महिला घाइते भएकी छिन। जिल्लाको मेल्लेख गाउँपालिका ३ दर्बाकि ३५ वर्षिया गर्भवती रंगिदेवी बुढालाई त्यहाकै अमृता देवी बुढाले हसिया प्रहार गरि घाइते बनाएकी हुन ।
आईतवार साझँ आफ्नो बारिमा भैसीले घास खाएको विषयलाई लिएर बिवाद हुदा अमृता बुढाले हसिया प्रहार गरेको प्रहरीले जनाएको छ। हसिया प्रहारबाट उनको नाक, मुख र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइतेको समान्य उपचारका लागि स्थानीय मेडिकल पश्चात् अहिले बयालपाटा अस्पतालमा थप उपचार भैरहेको छ ।
हसिया सहित निज महिला ईलाका प्रहरी कार्यालय ठाटी बगुडाको नियन्त्रणमा छन।










