Advertisement
SKIP THIS
बिद्युतको महसुल तिर्न साहुको ॠण

तारामान खड्का अछाम:अछाममा मिटर रिडरको लापरवाहीले गर्दा,एक ग्राहकले साहुको ऋृण निकालेर बिद्युतको महसुल बुझाउनु परेको छ ।
नेपाल बिद्युत प्राधिकरण बितरण कार्यलय अछामको करिव ७ सय मिटरकै दूरीमा रहेकी ५५ वर्षीय मैना भुलले साहुबाट ऋृण निकालेर बिद्युत महसुल बुझाएकी हुन ।

साफेबगरमा रहेको कार्यलय नजीकै रहेको ठाउँमा समेत मिटर रिडरहरुले नियमीत मिटर रिडीङ नगर्दा आर्थिक अवस्था कमजोर मैना भुलले माघ महिनामा करिव ७ हजार बिद्युत महसुल बुझाएको बताईन । मैनाको घरमा रहेको मिटरमा पौषको महिना ४ युनिट मात्रै खपत भएको बिद्युत कार्यालयकै रेकर्डमा उल्लेख छ ।

मैनाको मिटर जडान देखि हालसम्मको युनिट खपत बिवरण

मैनाले २०७६ असारमा मिटर जडान गरेकी थिईन । मिटर जडान गरेको पछिल्लो महिना ११ युनिट खपत भएको छ । मैनाको करिव ४ महिनामा सम्म मिटर रिडरै नभएको समेत भेटिएको छ ।देखि २०७८ सम्म मंसिर महिना सम्म कहिले १०,कहिले २० जस्तो मात्रै बिद्युत खपत भएको देखिन्छ । पौषमा भने ४ युनिट खपत भएको देखिन्छ ,तर माघमा भने एक्कासी ६ सय ५३ युनिट बिद्युत खपत भएको भन्दै ६ हजार ७ सय ७८ को बिल थमाईदिए पछि मैना छागाबाट खसे जस्तै भएको बताईन ।

साफेबगर नगरपालीका वडा नं ४ मष्टामाण्डौ जनकल्याण टोल बस्ने मैनाका श्रीमान घर खर्च चलाउनकै लागि भारत गएका छन । दुई अपाङ्ख सन्तालाई हेर बिचार, पालन पोषण गर्ने जिम्मा मैनाकै रहेको छ । मैनाले घरमा २०७६ साउन महिना देखि बिद्युत जडान गरेकी थिईन, त्यो बेला मैनाको घरमा १० युनिट बिद्युत खपत भएको नेपाल बिद्युत प्राधिकरण बितरण कार्यलय अछामको तथ्याङ्कमा रहेको छ ।

महसुल बढी आएको बारे कार्यालयमा पटक पटक जानकारी गराउदाँ समेत कुनै सुनुवाई नभएको उल्टै आएको महसुल तिर्न भनेको मैनाका ज्वाई बिक्रम भुल बताउछन ।यता नेपाल बिद्युत प्राधिकरण अछामका निमीत्त कार्यलय प्रमुख नर बहादुर कुँवरले भने मिटर घुमाउरो पारामा मिटर रिडरका कारण समस्या आउने गरेको बताए । अछाममा अहिले नेपाल बिद्युत प्राधिकरणका १३ हजार ग्राहक रहेका छन । कार्यालय नजिकै रहेको ठाउँमा मिटर रिडिङ नहुने समस्या रहदाँ अन्य ठाउँमा कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । अछाम जिल्लामा ६० लाखको मासिक बिद्युत खपत भएपनी हाल कार्यलयले ३५ लाख मात्रै ग्राहकबाट रकम उठाउने गरेको छ ।

तपाईको प्रतिक्रिया