Advertisement
SKIP THIS
नेपाली कांग्रेस अछाम क्षेत्र १ प्रदेश सभा क को बैठक सम्पन्न

निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेस अछाम क्षेत्र १ प्रदेश सभा क को बैठक सम्पन्न भएको छ। प्रदेश सभापति महेश खड्काको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम प्रदेश महामन्त्री मेघराज खड्का प्रमुख अथिति रहेका थिए । कार्यक्रम प्रमुख अथिति खड्का प्रदेश महामन्त्री र प्रदेश सदस्य भक्त बहादुर ठकुल्लालाई सम्मान गरिएको थियोे ।

प्रमुख अथितिको आसनबाट बोल्दै प्रदेश महामन्त्री खड्काले आसन्न तिनै तहका निर्वाचनबाट नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सबैले एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। महाधिवेशन भनेको पार्टीको आन्तरिक निर्वाचन भएको बताउदै महाधिवेशनको तिक्तता आम निर्वाचनमा कहि कतै नदेखिनेमा आसा ब्यक्त गरे।

कार्यक्रम बिशिस्ट अथिति नेपाली कांग्रेस जिल्ला सभापति भरत कुमार स्वार,पुर्ब पार्टी सभापति पुष्प शाह,प्रदेश सांसद अम्बि थापा, प्रदेश सदस्य भक्त बहादुर ठकुल्ला, महाधिवेशन प्रतिनिधि राजन कुँवर,नृप साउद, कृष्ण कुँवर, टिकाराम खनाल, तपेन खड्का,जयन्द्र स्वार,माया कुँवर,मिरा खड्का ,लक्ष्मि शाह,भगवती खनाल,रुपा आउजि,जिल्ला उपसभापति नयाँराम बजगाई,क्षेत्रिय सभा कृष्ण बुढा, साफेबगर नगर सभापति लाल बहादुर कुँवर ,चौरपाटी गाउँ उप सभापति देउमल खड्का, लगायतको नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो । कार्यक्रमको स्वागत प्रदेश उप सभापति धन प्रसाद भाट र सञ्चालन प्रदेश सचीव संगिता कुंवरले गरेकि थिईन।

तपाईको प्रतिक्रिया