अछाम:अछामको मेल्लेख गाउँपालिका ५ रावतबाडाको घरको छतमा भेटिएको चितुवा नियन्त्रणमा लिईएको छ। उप्त चितुवा आईतवार दिनभर रावतबाडाको विभिन्न ठाउँमा डुलेको थियोे ।
आईतवार बिहान भेटिएको चितुवाको सोमबार बिहान शुक्लाफाटा राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको हो।
चितुवा बिरामी अवस्थामा रहेकोले बन डिभिजन कार्यालय मंगलसैन लगिएको र बन कार्यालयमा केही दिन उपचार गरिने बन डिभिजन कार्यालय अछामका सूचना अधिकारी बिमल चन्दले बताए ।










