Advertisement
SKIP THIS
भागरथी भट्टको बलात्कारपछि हत्या आरोपितलाई १२ बर्ष कैद

बैतडी:जिल्ला अदालत बैतडीले बलात्कारपछि हत्याको एउटा मुद्दामा डीएनए परीक्षणलाई समेत आधार मानेर आरोपितलाई दोषी ठहर गरेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षकी भागरथी भट्टको बलात्कारपछि हत्या मुद्दामा जिल्ला अदालत बैतडीले डीएनए परीक्षणलाई आधार मानेर उनका सहपाठी दिनेश भट्टलाई दोषी ठहर गरेको हो ।

जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले आरोपित भट्टले प्रहरी र अदालतमा गरेको साविती बयानका साथसाथै डीएनए परीक्षणलाई समेत आधार मानेर फैसला गरेका हुन् । जिल्ला अदालतले दिनेशलाई १२ वर्ष ६ महिना कैद सजाय तोकेको छ ।

तपाईको प्रतिक्रिया