Advertisement
SKIP THIS
माओवादीका प्रदेश कमिटी सदस्य झपट साउदले धर्मपत्नी नै अटाउन सकेनन् पार्टीमा

अछाम : नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्र अछामका प्रभावशाली नेता तथासुदुर पश्चिम प्रदेश कमिटी सदस्य झपट साउद मर्म कि धर्मपत्नी भरु साउद नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाको बैठकमा कांग्रेस अछामका सभापति भरत कुमार स्वार पाटी सदस्यता दिदै उनलाई कांग्रेस प्रवेश गराएका हुन । प्रवेश कार्यक्रम बोल्दै उनले माओवादी पाटी हिजो दलित महिला को अधिकार का लागि लाग्छु भनेर आन्दोलन गरेको र अहिले तिनै महिला र दलित माथि अन्य गरेको आरोप लगाएकी छिन् ।

उनले रामारोशनमा माओवादीले जनता दुख कष्ठ बुझ्नु भन्दा पनि आफू कसरी कमाउने र भ्रष्टाचार गर्ने लागि परेको पनि बताएईन् । आफू स्वतन्त्र पुर्वक कांग्रेस पार्टी राम्रो लागेको र हिजोको पनि पृष्ठभूमि कांग्रेस भएकाले कांग्रेस प्रवेश गरेको पनि बताएकी छन ।

पाटी प्रवेश गराउदै जिल्ला सभापति भरत कुमार स्वारले कांग्रेस सबै लाई न्याय र जनताको दुखमा साथ दिने पाटी भएकाले सबैलाई यो पाटी लाग्न अनुरोध गरेका छन् । नेपाली कांग्रेस रामारोशनका सभापति मान व साउदको सभापतित्वमा भएको कार्यक्रम अन्य व्यक्ति पनि कांग्रेसमा प्रवेश गरेका छन।

कार्यक्रममा विशिष्ट अथितिको आसन बाट बोल्दै महिला संघ अछामका अध्यक्ष एवम् नेपाली काङ्ग्रेस सुदुरपश्चिम कार्य समिती सदस्य अनुराधा स्वारले काङ्ग्रेस जनताको सुखदुख को साथी भएकाले आफ्नो पार्टी मा महिला हरुको आक्रमण बढिरहेको बताएकी छ्न।

कार्यकर्ता भेटघाट मा क्षेत्रीय सभापति कृष्ण बहादुर बुढा जिल्ला कमिटी सदस्य केश बहादुर बटाला राम बहादुर कुवर नेता चन्द्र प्रसाद ढुंगाना क्षेत्रीय सचिब पुर्ण बहादुर बि.क सदस्य गम्भीर सिह ठकुरी युवा नेता पुष्प बिस्ट दल बहादुर साउद खडक भण्डारी लगायतको उपस्थित रहेको थियो।

मान बहादुर साउदको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचीव टेक बहादुर बिष्टले गरेका थिए।

तपाईको प्रतिक्रिया