Advertisement
SKIP THIS
तुर्माखाँद गाउँपालिका  ४ को नवनिर्मित भवनको उद्घाटन

  ५ बर्षको अवधिमा चुनावको समयमा जनता माझ गरेका प्रतिबद्धता अनुसार नै काम गरेको छु तुर्माखाँद गाउँपालिका अध्यक्ष शर्मा

अछाम:तुर्माखाँद गाउँपालिका वडा न ४ को नवनिर्मित भवनको उद्घाटन गरिएको छ । दुईतले भवनको निर्माण कार्य सम्पन्न भएपछि शुक्रबार एक कार्यक्रमको आयोजना गरि भवनको उद्घाटन गरिएको हो । स्थानीय सरकारको ९१ लाखको लगानीमा भवनको निर्माण कार्य सम्पन्न भएको वडा कार्यालयले जनाएको छ। वडा न ४ अध्यक्ष कबिराम बयकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा तुर्माखाँद गाउँपालिका अध्यक्ष पुष्पराज शर्मा प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले आफुले ५ बर्षको अवधिमा चुनावको समयमा जनता माझ गरेका प्रतिबद्धता अनुसार नै काम गरेको बताए ।
आफुले अनावश्यक रूपमा प्रतिबद्धता नजनाएको भन्दै उहाले अध्यक्षले गर्न सक्ने काम मात्रै जनता माझ बोलेकाले सोही ढंगले पालिकामा काम गरेको बताए ।
आफ्नो अवधिमा जिल्लाकै विकट मानिएको साविकको रहफ गाविसमा सडक संञ्जाल जोडिएको, दुईवटा वडाका नागरिकलाई प्रमुख जिल्ला अधिकारी गाउँमै लगेर नेपाली नागरिकता वितरण गरिएको , वडा न ३ को भैरवस्थानमा सेलगाडी लिफ्ट सिस्टम बाट पानी तानेर स्थानीयलाई पानी खुवाउने काम समेत आफुले गरिसकेको अध्यक्ष शर्माले कार्यक्रममा जानकारी गराए। वडा न १ र २ मा सडक संञ्जाल जोडी सकेकाले अबको केही दिनमै बृहत कार्यक्रमका बिच उद्घाटन गरिने बताए ।

भौगोलिक रूपमा जिल्लामै विकट मानिएको तुर्माखाद गाउपालिका विद्युत बिस्तारको काम समेत तिब्र रूपमा भईरहेको भन्दै अध्यक्ष शर्माले अबको केही दिनमै पालिकाको केन्द्रमा विद्युत बालिसक्ने दाबी गरे। पालिकाका विभिन्न स्थानीय नदिहरूमा दर्जन भन्दा बढि झुलुङ्गे पुल निर्माण भएका जानकारी गराउदै शर्माले यसले स्थानीयलाई आवतजावतमा निकै सहज भएको बताए।

आफुले पालिकामा एक पैसा पनि हिनामिना नगरेको दाबी गर्दै अध्यक्ष शर्माले आगामी दिनमा पदमा रहेपनि नरहेपनि तुर्माखादको विकासका लागि प्रतिबद्ध भएर कामगर्ने बताए । भवन उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिको आशनबाट बोल्दै गाउँपालिका उपाध्यक्ष अमृता बुढाले आफुले महिला र पछाडि परेका समुदायको क्षेत्रमा राम्रो काम गरेको दाबी गर्नुभएको छ ।

आफुले जनाएको प्रतिबद्धता अनुसार नै आफ्ना गतिविधि अगाडि बढाएकाले यसपालि पनि लक्षित बर्गलाई मध्यनजर गर्दै महिला स्वास्वयमसेविबा संग उपाध्यक्ष कार्यक्रम संञ्चाला गर्ने योजना रहेको समेत बताए । कार्यक्रममा वडा न ५ का अध्यक्ष तुलाराम जैसी, ६ का अध्यक्ष मुक्ति नाथ उपाध्या, ७ का अध्यक्ष रतन चलाउने , ८ का अध्यक्ष चक्र प्रसाद धमाला, पुर्व गाविस अध्यक्षहरू बिष्णु शाही , कर्ण बहादुर बुढा, उदयराम बिष्ट , नेकपा एमालेका जित बहादुर शाही , काग्रेसका प्रताप शाही , माओवादी केन्द्रका मन बहादुर बयक, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बुढा, ८ वटै वडा अध्यक्ष , रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा, सडक मिडियाका प्रमुख सुशील प्रसाद भण्डारी लगायतले मन्तव्य राखेका थिए । वडा सदस्य गगने बयकको स्वागत मन्तव्य बाट सुरूभएको कार्यक्रमको संञ्चालान तपेन्द्र जैसी र एकेन्द्र बयकले गरेका थिए ।

तपाईको प्रतिक्रिया