Advertisement
SKIP THIS
अछाममा ट्याक्टरले किचेर एक बालकको मृत्यु

अछाम:अछाममा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ नेटाकोटको माडुका अम्मर बहादुर साउँदका ९ महिनाका छोरा खेमराज साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

रामारोशन ५ माडुका १९ बर्षिय मनोज बटलाले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१७० नबरको ट्याक्टर ब्याक गर्ने क्रममा ट्रालीको टायरले किचिदा बालकको आज दिउँसो घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ ।

घटाना भएको जानकारी पाउन साथ प्रहरी टोली घटनास्थलमा पुगी ट्याक्टर र चालकलाइ नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

तपाईको प्रतिक्रिया