Advertisement
SKIP THIS
गाउँपालिका अध्यक्षको छोरीको नाम पनि गरिब सूचीमा

धनगढीःदार्चुलामा गाउँपालिका अध्यक्षको छोरीको नाम पनि गरिबका सूचीमा राखिएको भेटिएको छ। जिल्लाको दुहुँ गाउँपालिकामा यस्तो भेटिएको हो।

काँग्रेस दार्चुलाका सचिवसमेत रहेका पालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीको २७ वर्षीया छोरी साबित्री कार्कीको नाम गरिबको सूचीमा भेटिएको हो। साबित्रीले गरिब घर परिवारको सूची संकलनमा आफूलाई सामान्य गरिबमा राख्न लगाएको भेटिएको हो।

तर, उनको आर्थिक स्तर तथा अवस्था भने त्यस्तो छैन। साबित्री सोही ठाउँकै हिकिलास्थित स्वास्थ्य केन्द्रमा अनमीको रुपमा कार्यरत छन्। यस्तै उनका पनि प्रहरीमा जागिरे छन्। यस विषयमा सावित्री र उनका बुवा कार्काीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन।दिनेश खबर

तपाईको प्रतिक्रिया