Advertisement
SKIP THIS
ज्यान जाओस तर आफुबाट कानुन बिपरित कार्य हुने छैन ,प्रहरी प्रमुख थपलिया

निराकरण सम्वाददाता अछाम:जिल्ला प्रहरी कार्यालय अछाममा प्रहरी प्रमुख रविराज थपलियाले प्रहरी पत्रकार बिच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्नेमा जोड दिएका छन । आईतबार जिल्ला प्रहरी कार्यलय अछाममा पत्रकारहरु सँग परिचयात्मक कार्यक्रमा प्रहरी प्रमुख थपलियाले आफु र आफ्नो कार्यलय पत्रकार सँग हातेमालो गर्न आतुर भएको बताए ।

अछाम जिल्ला स्थीत पत्रकारहरु सँग कुराकानी गर्दै प्रहरी प्रमुख थपलियाले प्रहरीको हरेक काम तथा कारवाहीलाई सूचन मुलक ढंगले नागरिक पुर्याउनको लागि, नागरिक प्रति जिम्मेवारी, जवाफदेही बन्नको लागि,सार्वजनीक निकायमा के कस्ता गतिबिधी हुन्छन, ति सुचनाहरु सरल र सहज पुर्याउनको लागि प्रहरी र पत्रकारको सहकार्य हुन जरुरी रहेको बताए ।

जिल्ला स्थीत पत्रकारहरुले प्रहरी प्रमुख थपलियालाई बिभीन्न क्षेत्रमा हुने कानुन बिपरित गतिबिधिको बारेमा जानकारी गराएका थिए । प्रहरी प्रमुख थपलियाले ती गतिधिलाई आफुले सकेजती नियन्त्रण गर्ने बताए ।

पत्रकारहरुले जिल्ला प्रहरी कार्यालयले सुचना दिन कन्जुस्याई गरेको भन्दै प्रहरी प्रमुख थपलीयालाई गुनासो गरेका थिए । पहीले सुचना लिन कन्जुस्याई भएको बताउदै अब आफु जिल्ला प्रहरी कार्यालय अछाममा हुदाँ त्यस्तो नहुने प्रतिबद्धता ब्यक्त गरे । प्रहरी प्रमुख थपलीयाले हरेक ३ महिनामा पत्रकार र जिल्ला प्रहरी कार्यलय बिच अछाम बिच बैठक गर्ने समेत निर्णय गरेका छन ।

पत्रकार र प्रहरीको एउटै साझा उदेश्य भएको बताउदै आफुले कानुन बिपरित गर्ने कसैलाई नछोड्ने बताए । बरु अछाममै ज्यान जाओस् कानुन बिपरित न कार्य गर्ने न बिपरित गर्ने बताए । नागरिकको ज्यू धनको सुरक्षाको निम्ती कही कतै न डगमगाउने, काम गर्दा राजनितीक दवाव आउने तर अछाममा काम गर्न आफु एल्लो नभएको आफ्नो साथमा पत्रकार हुने बिश्वास ब्यक्त गरे । पत्रकारहरुको आड र सहयोगमा आफुलाई थप बल पुग्ने प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले बताए ।

तपाईको प्रतिक्रिया