Advertisement
SKIP THIS
नेबिसंघ सिटिईभिटि सुदूरपश्चिमको सचिवमा साउद

निराकरण सम्वाददाता अछाम:नेपाल विद्यार्थी संघ सि.टि.ई.भि.टी.सुदूरपश्चिमको सचिवमा अछामका छत्र साउद मनोनीत भएका छन् ।

हान अछामका अध्यक्ष समेत रहेका साउदको क्षमता, संघर्ष र समग्र संगठन प्रतिको योगदानको उच्च मूल्याइन गर्दै  नेपाल विद्यार्थी संघ, सि.टि.ई.भि.टी. सुदूरपश्चिम प्रदेश कार्यसमितिमा सचिवको जिम्मेवारी दिइएको अध्यक्ष बिष्णु बयालले बताए ।

साउद लामो समय देखि बयालपाटा अस्पताल अछाममा सिनियर हेल्थ असिस्टेन्टको रुपमा कार्यरत रहेका छन् ।

तपाईको प्रतिक्रिया