Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिका भित्रका बिधालय फागुन १ गतेदेखि सञ्चालन हुँदै

अछाम : अछामको बान्नीगढी जयगढ गाउँपालिका शिक्षा समितीको बैठक सम्पन्न भएको छ । गाउँ शिक्षा समितीका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले बिभिन्न निर्णय समेत गरेको छ ।

गाउँ शिक्षा समितीको बैठकले नेपाल सरकारको शिक्षा मन्त्रालय र कोभिड संकट व्यावस्थापन केन्द्र डिसीएमसीले गरेको निर्णय लाई कार्यान्वयन गर्दै फागुन १ गते बाट नियमित रुपमा पालिका अन्तरगतका सबै सामुदायिक विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र जोशीले जानकारी दिए ।

यस्तै बैठकले उमेर पुगेका तर कोरोनाको खोप नलगाएका विद्यार्थिहरुलाई अभियानमा समावेश गरि खोप अनिवार्य गर्ने, कोरोनाका कारण स्थगित गरिएका अर्धबार्षिक परिक्षाहरु सञ्चालन गर्ने निर्णय समेत गरिएका छन् ।

साथै पालिका अन्तरगतका सम्पुर्ण विद्यालयको गुणस्तरीय शिक्षाको बिकासका लागी कसरी अगाडी बढ्ने लगायतका बिषयमा छलफल समेत भएको छ ।

बैठकले सबै विद्यार्थिहरु लाई स्वास्थ्य समन्धिका सम्पुर्ण मापदण्डको पालना गर्दै विद्यालयमा फागुन १ गते बाट नियमित सहभागि हुन आग्रह समेत गरेको छ । बैठकमा गाउँ शिक्षा समितीका सम्पुर्ण सदस्यहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया