Advertisement
SKIP THIS
साँफेबगर नगरपालिका ३ सिद्धेश्वरद्वारा बिपन्न परिवारलाई खाद्यान्न सहयोग

अछाम:साँफेबगर नगरपालिका ३ सिद्धेश्वरमा बिपन्न समुदायका दुई परिवारलाई खाद्यान्न बितरण गरिएको छ ।

आर्थिक अवस्था कमजोर रहेका तुली सुनार र मृतक दाने भुलको परिवारलाई खाद्यन्न बितरण गरिएको हो ।

तुली सुनारको परिवारलाई ७ हजारको खाद्यन्न र मृतक दाने भुलको परिवारलाई ३ हजार ८ सयको खाद्यान्न बितरण गरिएको वडाध्यक्ष बुढाले जानकारी दिए ।

वडामा बिकास निमार्णको कामका साथै बिपन्न समुदायको अवस्थाको बारेमा समेत अनुगमन हुदै आएको उनले बताए ।

उनीहरुको आवश्यकताको आधारमा वडाको अति बिपन्न बर्ग कोषबाट राहत बितरण गर्दे आएको वडाध्यक्ष बुढाले जानकारी दिए।

तपाईको प्रतिक्रिया