Advertisement
SKIP THIS
कांग्रेसका युवा नेता बलायरले प्रदान गरे पार्टिलाइ सेनिटाइजर डिस्पेन्सर टच लेस

डाेटि:सीताराम तेज स्मृती प्रतिष्ठानका अध्यक्ष दिर्घ बलायरले नेपाली कांग्रेस डोटीलाई बिहीबार सेनीटाइजर डिस्पेन्सर मेसिन उपलब्ध गराएका छन ।
बलायरले पार्टी सभापति नरेन्द्र सिंहलाई सो मेसिन हस्तान्तरण गरेका हुन् । ओमीक्रोन आउन सक्ने चुनौतीबाट बच्न पार्टीलाई टचलेस मेसीन उपलव्ध गरायकाे अध्यक्ष बलायरले बताए ।

उक्त टचलेस मेसिन SUV प्रा.लि का म्यानेजर रमेश ढाट काे सहयाेग बाट प्राप्त गरि प्रतिष्ठान मार्फत नेपालि कांग्रेस डाेटिलाइ प्रदान गर्न पाउँदा खुसी लागेको उहाले बताए ।

याे भन्दा अगाडि सुजङ्गा अस्पताल राजापुर डाेटि र शिखर नगरपालिका अन्तर्गत १५ स्वास्थ्य संस्थाहरुलाई समेत सो सेनीटाइजर डिस्पेन्सर मेसिन हस्तान्तरण गरेका छन् । आगामी फागुन महिनाभित्र ३ स्थानमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने समेत उनले प्रतिवद्धता जनाएका छन् ।

प्रतिस्ठानका अध्यक्ष बलायर नेपाली कांग्रेस डाेटि काठमाडौँ सम्पर्क समिति अध्यक्ष समेत रहेका छन उहाँले प्रतिष्ठानमार्फत सेवामूलक काम निरन्तर गरिरहेको बताए ।एक कार्यक्रमका विच उक्त मेसिन बुझ्दै नेपाली कांग्रेसका डाेटि पार्टी सभापति नरेन्द्र सिंहले प्रतिष्ठानका अध्यक्ष बलायरलाई धन्यवाद दिदै संस्थाको उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गरे ।

तपाईको प्रतिक्रिया