Advertisement
SKIP THIS
जिल्ला समन्वय समितिको औचित्य छैन, प्रमुख ऐर

राज पार्की, डोटि:डोटि जिल्लाको जिल्ला समन्वय समितिको औचित्य नरहेको जिल्ला समन्वय समितिका प्रमुख राम बहादुर ऐरले बताएका छन । जिल्लाका पत्रकारहरु सङ्गको भेटघाट कार्यक्रममा प्रमुख ऐरले यस्तो बताएका छन ।

नेपालको संविधानमा जिल्ला समन्वय समितिको व्यवस्था गरिए बमोजिम संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले जिल्ला समन्वय समितिका बारे प्रभावकारी भूमिका सहितको ऐन कानुन निर्माण नगरिदिएका कारण समस्या देखा परेको ऐरले बताए ।

जसका कारण तीनै तहका सरकारबिच समन्वयकारी भूमिकाका लागि जिल्ला समन्वय समितिले रामो काम गर्दागर्दै पनि त्यति सुमधुर सम्बन्ध रहन नसकेको, संविधानमा जिल्ला समन्वय समितिलाइ अनुगमनकारी भूमिका तोकिए पनि कस्तो खालको अनुगमन गर्ने, कुन–कुन विषयमा अनुगमन गर्ने, प्राविधिक, बजेट तथा क्षेत्राधिकार परिभाषित नभएका कारण समस्या भएको उनले बताए ।

जिल्ला समुन्वय समितिका मेसिन कुन कारणले गर्दा थन्किएको हुन पनि त्यसको छानबिन गरि दिन पनि ऐरले अनुरोध गरेका छन । संघीय संरचनामा पहिलो कार्यकालमा आफु जिल्ला समन्वय समिती प्रमुख भएदेखि कुनै ठाउ बाट आफुलाइ सहयोग नभएको र अहिले सम्मको अनुभवको आधारमा जिल्ला समन्वय समितिलाई दिइएको भूमिका हेर्दा यो संरचना नै नचाहिने निकायका रुपमा रहेको उनले दुखेसो पोखेका छन ।

जिल्ला समन्वय  समितिमा जिल्ला स्थित सरकारी कार्यालयहरुले वार्षिक कार्यक्रम अनिवार्य पेश गर्नुपर्ने उल्लेख भएतापनि सम्बन्धित कार्यालयहरुमा सो सम्बन्धमा संग तथा प्रदेश सरकारबाट स्पष्ट निर्देशन नहुँदा जिल्ला विकास समन्वय समितिको भूमिका गौण भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमूख, उप–प्रमूख, सदस्यहरु, कर्मचारीहरु र पत्रकारहरु सहभागि भएका थिए ।

तपाईको प्रतिक्रिया