Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालीकाको ७ औं गाउँ सभा सुरु

निराकरण सम्वाददाता अछाम: बान्नीगढी जयगढ गाउँपालीका अछामको ७ औं गाउँ सभा उद्घाटन गरिएको छ ।

बिहीबार गाउँ सभाका सभा अध्यक्ष बान्नीगढी जयगढ गाउँपालीका अध्यक्ष राजेन्द्र बहादुर खड्काले ७ औं गाउँ सभाको उद्घाटन गरेका हुन।

७ औं गाउँ सभाले  बिभिन्न ७ वटा नियमावली तथा कार्यविधिहरू पारित गरेको छ।

शिक्षा नियमावली, २०७८,खानेपानी तथा सरसफाई उपभोक्ता समिति व्यवस्थापन कार्यविधि, २०७८ ,बान्नीगढी जयगढ गाउँपालिका स्थानीय राजञ्च परामर्श समिति कार्य सञ्चालन कार्यविधि २०७८ पूर्वाधार व्यवस्थापन प्रणाली कार्यविधि २०७८, प्राविधिक कर्मचारी फिल्ड सुविधा तथा प्रोत्साहन भत्ता कार्यविधि, २०७४ (पहिलो संशोधन २०७८) ,कर्मचारीको प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि, २०७८,आर्थिक ऐन, २०७८ (पहिलो संशोधन २०७८) सभाले पारित गरेको छ।
कार्यक्रमको स्वागत गाउँपालीका उपाध्यक्ष लोक बहादुर साउदले गरेका थिए भने कार्यक्रमको सञ्चालन सभाका सचिव गाउँपालीका निमित्त प्रमुख प्रशािकिय अधिकृत रामचन्द्र जोशिले गरेका थिए ।

७ औं गाउँमा केहि बिषयमा दफावार छलफल गर्नुपर्ने भएकाले
सभा आजलाई स्थगित गरिएको र बाकी छलफलका लागि भोलि शुक्रबार पुनःह सञ्चालन हुने सभाका सचिव एवम् बान्नीगढी जयगढ गाउँपालीका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले बताए ।

तपाईको प्रतिक्रिया