Advertisement
SKIP THIS
नेपाल शिक्षक संघ मंगलसेन नगरपालिकाको अध्यक्षमा प्रसाद ढुंगाना

अछाम:नेपाल शिक्षक संघ मंगलसेन नगरपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

कार्यवाहक नगर अध्यक्ष पुर्ण कुवरको अध्यक्षतामा भएको अधिवेशनले टंक प्रसाद ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा मिना कुवर,एकेन्द्र ढुंगाना ,सचिव एकेन्द्र बहादुर कुवर,अर्थ सचिव टक्कर बहादुर बिष्ट ,सहसचिव भवानी प्रसाद ढुंगाना ,अम्बिका शाह,झपेन्द्र तिरुवा,अर्थ सहसचिव लोकराज भण्डारी सहित प्रत्येक वडा मा १/१ जना संयोजक रहने गरि २२ सदस्यीय नगर कमिटी गठन गरिएको शिक्षक संघका नेता बिक्रम सिंह बिष्टले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल शिक्षक संघका पुर्व केन्द्रिय सदस्य मदन कुवर रहनुभएको थियो भने विशिष्ट अतिथि पुर्व जिल्ला अध्यक्ष एवं नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि पदमराज अधिकारी रहनु भएको थियो ।

कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला सचीव प्रेम रावल ,जिल्ला सदस्य सारदा रावल , ट्रेड युनियन काङ्ग्रेस अछामका उपाध्यक्ष नृप केसी ,जिल्ला सदस्य महादेब भण्डारी ,नेपाल शिक्षक महासंघका सहसचिव टंक प्रसाद तिमिल्सैना,शैक्षिक बचत तथा ऋण सहकारी संस्थाका पुर्व अध्यक्ष नारायण ढुंगाना ,लगायतको उपस्तिथि रहेकोे कार्यक्रमको संचालन सचिव टंक प्रसाद ढुंगानाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया