Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउपालीका अछामको अध्यक्षमा तारा प्रशाद पाण्डेको उम्मेदवारी घोषणा

निराकरण सम्वाददाता अछाम :आउदो बैशाख ३० गते हुने स्थानीय तहको आसन्न निर्वाचनमा अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालीका अध्यक्षमा तारा प्रशाद पाण्डेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

मंगलबार सामाजिक संञ्जाल मार्फत पाण्डेले आसन्न स्थानीय तहको निर्वाचनमा गाउँपालीका अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन ।

निराकरण खबरसँग कुराकानी गर्दै पाण्डेले अहिले नै यो वा त्यो पार्टीबाट भन्दा पनि समय आएपछि खुलाउने बताए । हाल पाण्डे नेकपा एमालेको कार्यकर्ताको रुपमा परिचित छन् ।

प्रगतिशिल लेखक संघ अछामका अध्यक्ष समेत रहेका पाण्डे बान्नीगढी जयगढ गाउपालीका ३ बरदादेवि बसौटीका स्थाई बासिन्दा रहेका छन ।
https://m.facebook.com/story.php?story_fbid=4759519967499188&id=100003236959317
समाज परिवर्तनको लागि युवाहरूले नेतृत्व लिन अग्रसर हुनुपर्ने आसन्न स्थानीय तहको निर्वाचनमा बान्नीगढी जयगढ गाउपालीका अछामको अध्यक्ष पदका उम्मेदवार तारा प्रशाद पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया