Advertisement
SKIP THIS
डडेलधुरा र डोटीमा सौर्य ऊर्जा उत्पादनका लागि सम्भाव्यता अध्ययन हुने

काठमाडौं:प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा र डोटीमा सौर्य ऊर्जा उत्पादनका लागि सम्भाव्यता अध्ययन हुने भएको छ ।

लगानी बोर्डले डडेल्धुरा र डोटीमा गरी ३५० मेगावटको सौर्य उर्जा उत्पादनको लागि सम्भाव्यता अध्ययन गर्ने भएको हो ।

बोर्डको बैठकले डोटीको सिलगढी नगरपालिका र डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकामा क्रमशः अनुमानित १२५ मेगावाट तथा २२५ मेगावाट मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनका लागि अनुमानित भएको हो ।

२३ अर्ब नेपाली रुपैयाँ लगानी गर्ने गरी परियोजना विकासका सम्बन्धमा मेसर्स सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेड सम्भाव्यता अध्ययनको अनुमति दिने भएको छ ।

त्यसैगरी, बैठकले तल्लो अरुण जलविद्युत परियोजनाको निर्माण, स्वमित्वकरण, संञ्चालन तथा हस्तान्तरण तरिकाबाट विकास गर्न छनौट भएको प्रस्तावक कम्पनी एसजेभीएन लिमिटेड भारतलाई दिने स्वीकृत भएको छ ।

तपाईको प्रतिक्रिया