Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालीका २ जनालीकोटमा उधमशिलता बिकास तालिमको सञ्चालन

निराकरण सम्वाददाता अछाम:बान्नीगढी जयगढ गाउपालीका द्वारा वडा नं २ जनालीकोटमा ८ दिने उधमशिलता बिकास तालिम संचालन गरिएको छ।

सोमबार एक कार्यक्रमका बिच जनालीकोटका कार्यवाहक वडा अध्यक्षतामा ८ दिने उधमशिलता बिकास तालिमको उद्घाटन गरिएको हो।

नेपाल सरकार उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालयको आथिक सहयोग र बान्निगढी जयगढ गाउपालीकाको आयोजनामा गरिबी निवारणका लागि लधु उधम बिकास तालिम सञ्चालन गरिएको हो।

तालिममा बान्नीगढी जयगढ गाउँपालीका वडा नं २ जनालीकोटका २५ जना सहभागी रहेका मेड्पा) फोकल पर्सन गणेश सुनारले जानकारी दिए।

व्यबसाय अबसरको पहिचान गर्ने ,सफल उघमी कसरी बन्ने ,व्यबसायको छ्नोट गर्ने व्यबसायिक खेल खेलाउने , व्यबसाय योजना बनाउने भन्ने बारेमा सहभागीहरुलाई उधमशिलता बिकास तालिमका मुख्य प्रशिक्षक एकेन्द्र थापाले प्रशिक्षण दिएका थिए ।

तपाईको प्रतिक्रिया