अछाम:अछाममा मरेकाे अवस्थामा चितुवा फेला परेकाे छ ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ मा मृत अवस्थामा चितुवा फेला परेकाे फेला परेको छ।
शुक्रबार मरेकाे अवस्थामा फेला परेकाे चितुवा आईतवार डिभिजन वन कार्यालय अछाम ल्याईएकाे कार्यालयका सूचना अधिकारी रेञ्जर विमल चन्दले जानकारी दिए।
“चितुवा मरेकाे अवस्थामा भेटिएको र खबर पाएपछि जिल्लामा ल्याई पाेष्टमार्टम गरिएको छ” रेञ्जर चन्दले बताए ।चितुवाकाे शरिरमा स्यालले खाएकाे,पाेष्टमार्टम रिपोर्ट अनुसार दुई चितुवा आपसमा लडेर मरेकाे पाईएकाे सुचना अधिकारी चन्दले बताए ।
आईतवार पशुसेवा कार्यालयका पशु चिकित्सकले पाेष्टमार्टम गरेका थिए ।