Advertisement
SKIP THIS
बाजुरामा मोटरसाइकल दुर्घटना, अछामका एक जनाको मृत्यु

निराकरण सम्वाददाता अछाम: बाजुरामा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

गय राति जिल्लाको छेडेदह गाउँपालिकाबाट बाम्का बजार आउने जाने क्रममा बाम्का बजार नजीक : सु.प.प्र, ०१-००८प ४०५० नम्बरको मोटर साइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा अछामको साफेबगर नगरपालिका वडा नं ४ मष्टामाण्डौका ३५ बर्षिय बल बहादुर सुनार रहेका साफेबगर नगरपालिका ४ का अध्यक्ष बालगिरी कुँवर पुष्टि गरे।

मोटरसाइकल सडक देखि करिब १०० मिटर तल खसेको छ ।  मृतक सुना बिगत लामो समय देखि बाम्का बजार बाजुरामा सुन चाँदिको ब्यवसाय गरिरहेका थिए ।

यस्तै सोही मोटरसाइकलमा सवार बाजुराको त्रिबेणि नगरपालिका ४ बस्ने घाइते गगन साउदको घाइते भएका छन् ,उनको एउटा हात भाचिएको र बाङ्गगारा समेत भाचिएको छ।उनको बयालपाटा अस्पतालमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया