Advertisement
SKIP THIS
नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशले पायो नेतृत्व चयन

कञ्चनपुर :नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार आयोजित साधारणसभाले १० सदस्यीय सुदूरपश्चिम प्रदेश समिति चयन गरेको हो ।

प्रदेश समितिको अध्यक्षमा रविन कान्त पन्त चयन भएका छन् भने सचिवमा  डम्मरा दियाकोटी चयन भएकी छन् । सदस्यहरूमा क्रमशः राम कुँवर, डम्बर  चन्द, अनिता  केसी, भागरथी कार्की, प्रताप, सिंह बिक, भरत शाह, ललित  हमाल र धनजित घुरधामी चयन भएका छन् ।

तपाईको प्रतिक्रिया