निराकरण सम्वाददाता अछाम:बान्नीगढी जयगढ गाउपालीका द्वारा वडा नं १ गाज्रामा ३ महिने सिलाइ कटाई सीप बिकास तालिमको उद्घाटन गरिएको छ।
गरिबी निवारणका लागि लघु उधम बिकास कार्यक्रम अन्तर्गत
कार्यक्रम सञ्चालन गरिएको हो।
बिहीबार बान्नीगढी जयगढ गाउँपालीका वडा नं १ का अध्यक्ष हिरण्ड बहादुर खड्काले ३ महिने सिलाइ कटाई सीप बिकास तालिम उद्घाटन गरिएको हो।
जिबिकोपार्जन ,आत्म निर्भर र गरिबी न्यूनीकरण गर्न सिपले महत्त्वपूर्ण भुमिका खेल्ने वडा अध्यक्ष खड्काले बताए ।
उधम बिकास सहजकर्ता एकेन्द्र थापाले सिपबारे सहभागीलाई उदेश्य बारे प्रष्ट पारेका थिए ।
बान्नीगढी जयगढ गाउँपालीका वडा नं १ गाज्राका ३० जना महिला तथा किशोरी तालिममा सहभागी रहेका छन।