Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालीकाद्वारा सम्पूर्ण सेवा बन्द

निराकरण सम्वाददाता अछाम:बान्नीगढी जयगढ गाउँपालीकाद्वारा सम्पूर्ण सेवा बन्द गरेको छ।
गतवर्ष समस्त मानव जगतलाई नै आक्रान्त पारी केही समय मानव समुदायले राहतको महसुस गरिरहेको सन्दर्भमा फेरी नयाँ स्वरुपबाट देखा परेको कोरोना भाईरस (कोभिड-१९) को तेस्रो चरणको ओमिक्रोन भाईरस विगतको भन्दा झन बढी संक्रामक किसिमले फैलिरहेको हुदा सम्पुर्ण सेवा बन्द गरेको गाउँपालीकाले जनाएको छ।

गाउँपालिकामा कार्यरत रहेका कर्मचारीहरुको कोरोना संक्रमण परीक्षणको क्रममा केही कर्मचारीहरुमा संक्रमण पुष्टि भएको तथा यस गाउँपालिका बासीहरुमा कोरोनासँग मिल्दा जुल्दा लक्षणहरु तीव्र रुपमा फैलिरहेको कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्ने उद्देश्यले माघ १३ गतेबाट लागुहुने गरी मिति २०७८ माघ १७ गतेसम्म गाउपालीकाबाट प्रवाह गरिने सम्पुर्ण सेवा बन्द गरिएको गाउँपालीका कार्यवाहक अध्यक्ष कर्ण बहादुर ठकुल्लाले बताए ।

सङ्क्रमणबाट बच्नका लागि नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्नु/गराउन हुन अनुरोध गर्दछौं। यस कार्यालयमा प्रवेश गर्दा / सेवा लिन आउँदा अनिवार्य रुपमा कोरोना विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) राख्न हुन र कोभिड (ओमिक्रोन भाईरस) संग मिल्दाजुल्दा लक्षण देखिएमा वा स्वास्थ्यमा कुनै समस्या देखिएमा यस गाउँपालिकाको स्वास्थ्य शाखालाई जानकारी गराउन पालीकाले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया