Advertisement
SKIP THIS
धनगढीमा कोरोना संक्रमितको मृत्यु

धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत धनगढीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

उपमहानगरपालिकाको वडा नम्बर १ शान्तिनगरका ७७ वर्षीय वृद्धको सोमबार (आज) बिहान ४ बजे मृत्यु भएको हो।

उनलाई यही माघ ६ गते पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएको र अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। 

तपाईको प्रतिक्रिया