Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँ कार्यपालिकाको बैठक सम्पन्न , यस्ता छन् गरेका निर्णय

अछाम : बान्निगढी जयगढ गाउँपालिका गाउँ कार्यपालिकाको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको हो ।

कार्यपालिकाको बैठकले (PLGSP) नामक संस्था संगको सहयोगमा अध्यावधिक योजना निर्माण गर्ने, सुदुरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयमा विशेष योजना माग गर्ने निर्णय गरिएको छ ।

यसैबिच बिपन्न नागरिक तथा दीर्घ रोगिहरुलाई पालिकाको तर्फ बाट आर्थिक सहयोग रकम उपलब्ध गराउने लगायतका अन्य विभिन्न निर्णयहरु गरिएका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशिले जानकारी दिए

कार्यक्रममा सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य पालिकाका कर्मचारी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले गरेका थिए ।

तपाईको प्रतिक्रिया